
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वीर अस्पतालले क्याथ ल्याब सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले मुटुका बिरामीका लागि लक्षित गर्दै पहिलो पटक क्याथ ल्याब सेवा सञ्चालनमा ल्याउन लागेको हो।
मुटुका बिरामीका लागि अति आवश्यक पर्ने भएकाले अस्पतालले क्याथ ल्याब सञ्चालन गर्न लागेको अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भुपेन्द्र बस्नेतले बताउनुभयो ।
‘अस्पतालमा मुटुको उपचारका लागि आएका बिरामीलाई क्याथ ल्याब छैन भन्दै अन्य अस्पतालमा पठाउनु पर्ने अवस्था भएकाले अस्पतालमै सेवा विस्तार गर्न लागेका हौँ,’ उहाँले भन्नुभयो ।
सरकारले अस्पताललाई क्याथ ल्याब सञ्चालनका लागि ९ करोड ५० लाख बजेट विनियोजना गरेको छ । क्याथ ल्याब सञ्चालनका लागि सरकारले दिएको बजेटबाट नै खरिद प्रक्रिया अगाडि बढेको डा बस्नेतल जानकारी दिनुभयो । उहाँका अनुसार क्याथ ल्याब खरिदको जिम्मा इष्ट वेस्ट कन्सर्न जिम्मा पाएको छ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

