
जनस्वास्थ्य सरोकार, रुपन्देही । केही दिन यता रुपन्देहीमा कोरोना संक्रमणको बिरामीहरू बढ्न थालेका छन् । भारतबाट सुनौली नाकाहुँदै नेपाल भित्रिनेहरूमध्ये दैनिक ८–१० जनामा कोरोनाभाइरस संक्रमण भेटिन थालेको हो ।
नियमित परीक्षणका क्रममा फेला परेका सङ्क्रमितमध्ये अधिकांश भारतीय रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका कोभिड फोकल पर्सन तथा भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिनुभयो ।
एक सातायता रुपन्देहीको बेलहिया लगायतका सर्वसाधारणको जमघट हुने स्थानमा गरिएको परीक्षणका क्रममा धेरै जनामा संक्रमण पुष्टि भएसँगै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले सतर्कताका कार्यक्रम गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य अधिकारीहरुले कोरोनाबिरुद्धको खोप लगाएका सङ्क्रमितमा खासै गम्भीर स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । खोप नलगाएका, विभिन्न दीर्घ रोग भएका बिरामी र बालबालिका जोखिममा रहेको जनाउँदै कोरोना सङ्क्रमणको वर्तमान अवस्थाबारे जानकारी लिने र रोकथामका लागि भइरहेका कामलाई निरन्तरता दिने डीसीसीएमसीबाट निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।सीमा नाकामा कोरोना संक्रमण जाँच बढाउने निर्णयसमेत भएको उहाँले बताउनुभयो ।
स्थानीय तह, अस्पतालमा आवश्यक स्वास्थ्य पूर्वाधार निर्माण, तयारी अवस्थामा राख्ने तथा अक्सिजन प्लान्ट सञ्चालनको तयारीबारे सरोकारवालासँग छलफल गरिएको उहाँले बताउनुभयो । नाकामा रहेको होल्डिङ सेन्टरलाई चलायमान बनाउन आवश्यक पूर्वाधार थप गर्न निर्देशन दिइएको पाण्डेको भनाइ छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले नाकामा कोरोना परीक्षण बढाइएको र सङ्क्रमणको अवस्था पत्ता लगाउन विद्यालय, कलेज र भिडभाड क्षेत्रमा एन्टिजेन परीक्षण बढाइएको बताउनुभयो । बेलहियास्थित हेल्थ डेस्कमा खटिएका कर्मचारीले भारतबाट फर्किनेको बसाइँ विवरण हेरेर उनीहरूको कोरोना परीक्षण गरेर पठाउने गरेको उहाँले बताउनुभयो ।
नियमित परीक्षणका क्रममा फेला परेका सङ्क्रमितमध्ये अधिकांश भारतीय रहेकाले समस्या बढेको उहाँको भनाइ थियो । अहिलेसम्म जिल्लाको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगर गरी २४ जनामा संक्रमण पुष्टि भएका छन् । सबै संक्रमितहरु अहिले होम आइसोलेसनमा छन् ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
