
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल रेडियोलोजिष्ट एशोसियसनले अनाधिकृत व्यक्तिबाट भिडियो एक्स–रे (अल्ट्रासाउण्ड) लगायतका रेडियोलोजी सम्बन्धी सेवा नलिन सर्वसाधारणलाई आग्रह गरेको छ ।
हाल नेपालमा सोनोलोजिष्ट भनेर केही गैर व्यक्तिले गैर कानूनी रुपमा भिडियो एक्स–रे गर्ने गरेकाले बिरामी, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी समेत यस्ता व्यक्तिको चंगुलमा परी सेवा लिने, बिरामीलाई गैर कानूनी व्यत्तिसँग भिडियो एक्स–रे गर्न पठाउने र यस्ता व्यक्तिलाई अन्जानमा सेवामा लगाउने गरेको जनगुनासो आएपछि एशोसियसनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।
अनाधिकृत रुपमा बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई कारवाही गर्न एसोसिएसनले माग गरेको छ । नेपाल स्वास्थ्य संस्था संचालनसम्बन्धी मापदण्ड २०७७ को पनि बर्खिलाफ हुने हुँदा सो कार्यलाई निरुत्साहित गर्न र आवश्यक कारबाही गर्न सम्बन्धित निकायलाई एसोसियसनले आग्रह गरेको छ ।
रेडियोलोजिष्टमार्फत प्रदान हुनुपर्ने विशेषज्ञ सेवा अनाधिकृत रुपमा प्रवाह भएकाले त्यसलाई तत्काल रोक्नुपर्ने संघका केन्द्रीय सदस्य तथा प्रदेश १ का उपाध्यक्ष डा. तेजेन्द्र कार्कीले बताउनुभयो ।
उहाँका अनुसार यसअघि नै एसोसिएसनको स्वास्थ्य तथा जनसंख्या मन्त्रीलगायतलाई ज्ञापन पत्र बुझाइ सकिएपनि कार्यान्वयन भएको छैन ।
बिरामीले बुझनुपर्ने कुरा
–भिडियो (एक्स रे) अल्ट्रा साउण्ड गराउनु अगाडि सो व्यक्तिलाई कानुनी अधिकार छ कि छैन भनेर थाहा पाउनुपर्छ । यदि बिरामीलाई दिइने रिपोर्टमा सोनोलोजिष्ट भनेर लेखेको छ भने भिडियो एक्स रे गर्ने व्यक्ति कानूनी रुपमा नेपालको कुनै आधिकारिक निकायमा छैन भन्ने बुझिन्छ ।
–नेपालमा भिडियो एक्स रे अल्ट्रासाउण्ड सम्बन्धी कानुनी रिपोर्ट रेडियोलोजिमा एमडी तथा डिएमआरडि गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको चिकित्सकले मात्र जारी गर्ने अधिकार हुन्छ ।
–सोनोलोनिष्ट भनेर कुनै व्यक्ति तपाईको स्वास्थ्य संस्थामा काम माग्न आउँछ भने त्यस व्यक्तिको वास्तविक योग्यता र सो सम्बन्धी काम गर्न नेपाल मेडिकल काउन्सिलले इजाजत दिएनदिएको बारे जानकारी अनिवार्य रुपमा ख्याल गर्नुपर्ने हुन्छ ।

नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
