
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन अनुरोध गरेको छ । कोरोना भाइरस संक्रमण दैनिक बढिरहेको भन्दै मन्त्रालयले बिहीबार स्वास्थ्य सावधानी अपनाउन अनुरोध गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार १० बुँदे सूचना जारी गर्दै सरकारी, गैर सरकारी सबै कार्यालयहरु तथा मानिसको भिडभाड हुने ठाउँहरुमा अनिवार्य मास्क प्रयोग र प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने जनाएका छन् ।
उहाँकाअनुसार विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा मास्क र स्यानिटाइजरको व्यवस्था अनिवार्य गर्नुपर्ने छ । यस्तै मन्त्रालयले गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने स्थान, विद्यालय, विश्वविद्यालय, धार्मिकस्थलमा पनि मास्कको अनिवार्य प्रयोग गर्न भनेको छ । अन्तर्राष्ट्रिय हवाई तथा स्थलगत प्रवेश नाकाहरुमा निगरानी बलियो र प्रभावकारी बनाउन मन्त्रालयलको निर्देशन दिएको छ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
