
जनस्वास्थ्य सरोकार, डोटी । बिरामी बोक्न प्रयोग हुँदै आएको एम्बुलेन्स घरेलु काममा प्रयोगका क्रममा डोटीमा दुर्घटनामा परेको छ ।
डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर १ बर्छैन स्वास्थ्य चौकीको एम्बुलेन्स गत बिहीबार राती १० बजे दुर्घटनामा परेको हो । एम्बुलेन्स चालक तेज बोहराले आफ्नै काका पुष्कर बोहरालाई घर पुर्याउ जाँदा वीपीनगरको सोखानमा दुर्घटना भएको हो।
स्थानीयले भने गैरचालकले मदिरा सेवन गरेर एम्बुलेन्स चलाउँदा दुर्घटना भएको दाबी गरेका छन् । एम्बुलेन्सको बीमा नवीकरण समेत नभएको अवस्थामा काकालाई बोकेर रातीको समयमा घरायसी प्रयोजनमा सो एम्बुलेन्स प्रयोग भएको हो । वडा नम्वर १ का वडा अध्यक्ष डम्बरबहादुर बोहराले पनि दुर्घटना हुनै नसक्ने स्थानमा दुर्घटना भएको बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

