
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङले स्वास्थ्य विमालाई थप व्यवस्थित बनाइने बताउनुभएको छ ।
संसद्को शिक्षा तथा स्वास्थ्य समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री खापुङले नागरिकले स्वास्थ्य बीमा गरिसकेपछि सहज र सरल रुपमा भुक्तानी पाउनुपर्ने भन्नुहुँदै बीमाको क्षेत्रमा त्रुटि भए सच्याउन सरकार तयार रहेको जानकारी गराउनुभयो ।
हाल नेपालमा कोरोना खोपको अभाव नरहेको जानकारी दिनुहुँदै उहाँले खोप कार्यक्रम सञ्चालन गर्न स्थानीय सरकारले थप सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा मन्त्रालयका सचिव डा.रोशन पोखरेलले पछिल्लो समय कोरोना भाइरस संक्रमण दर बढेको भए पनि अस्पताल भर्ना हुने दर भने नबढेको जानकारी गराउनुभयो ।
साउन १ गतेदेखि कोभिड कालमा करारमा लिएका कर्मचारीको करार नवीकरण नगरेको जानकारी गराउँदै कोरोना भाइरस संक्रमण दर उकालो लाग्दै गयो भने व्यवस्थापन कसरी गर्ने भनेर छलफल भइरहेको सचिव पोखरेलले बताउनुभयो ।
बैठकमा सांसदहरु गिरिराजमणि पोखरेल, योगेश भट्टराई, सरिता न्यौपाने, अञ्जना विशंखे, सुरेन्द्र यादव र नबिना लामाले स्वास्थ्यजन्य सामानको खरिद प्रकृयालाई सहज बनाउन खरिद ऐनलाई संशोधन गरिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँहरूले कोरोना खोपको पहुँच सबै नागरिकमा नपुगेको भन्नुहुँदै सबै बालबालिकालाई खोप लगाउने व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
