जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले निजी अस्पतालहरुलाई स्वास्थ्य बीमा अन्तर्गत गरिएको उपचार खर्च कानुन अनुसार भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले सरकारीभन्दा पनि नीजि अस्पतालमा बीमा भुक्तानीको समस्या भएको गुनासो आएको उल्लेख गर्दै सो निर्देशन दिएको हो ।
बैठकले बीमा उपचार सेवा र यसवापतको भुक्तानीलाई दीर्घकालीन रुपमा समाधानको बाटो रोज्नसमेत आग्रह गरेको समिति सभापति जयपुरी घर्तिले जानकारी दिनुभएको छ । यसैगरी बैठकले शहीद गङ्गालाल हृदय रोग केन्द्रमा मुटुको शल्यक्रियाका लागि आवश्यक पर्ने अक्सिजिनेरेटरको अभावलाई तत्काल समाधान गर्नसमेत निर्देशन दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

