
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । लामो समयदेखि कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने क्रम रोकिएकोमा अब ज्यान गुमाउने क्रम बढ्न थालेको छ ।
यस्तै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय जना नाघेको छ । २४ घण्टामा तीन सय ४७ जनामा सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय ७७ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा पीसीआर र एन्टीजेन गरी तीन हजार आठ सय ८८ जनाको नमुना परीक्षण गर्दा तीन सय ४७ जनामा सङ्क्रमण देखिएको हो । यही अवधिमा ९५ जना निको भएका छन् । थप ७८ हजार दुई सय २८ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

