
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । लामो समयदेखि कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने क्रम रोकिएकोमा अब ज्यान गुमाउने क्रम बढ्न थालेको छ ।
यस्तै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय जना नाघेको छ । २४ घण्टामा तीन सय ४७ जनामा सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय ७७ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा पीसीआर र एन्टीजेन गरी तीन हजार आठ सय ८८ जनाको नमुना परीक्षण गर्दा तीन सय ४७ जनामा सङ्क्रमण देखिएको हो । यही अवधिमा ९५ जना निको भएका छन् । थप ७८ हजार दुई सय २८ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२ट्रेन्डिङ
