
जनस्वास्थ्य सरोकार, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र सञ्चालक समितिमा रिक्त दुई पदले पूर्णता पाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मी र कार्डियाक सर्जन डा.नविनचन्द्र गौतमलाई सदस्यमा मनोनित गरेसँगै सो रिक्त पदले पूर्णता पाएको हो ।
स्वास्थ्य मन्त्री केन्द्र सञ्चालक समितिको अध्यक्ष हुने कानुनी व्यवस्था छ ।
सञ्चालक समिति सदस्यको पदावधी चार वर्षको हुनेछ। अस्पतालका कार्यकारी निर्देशक चन्द्रमणि शर्मा सदस्यसचिव रहेको वर्तमान समितिमा एमाले सांसद ईश्वर पोखरेल, स्वास्थ्य सचिव डा. रोशन पोखरेल, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, हार्ट टू नेपालका विजय राई, डा. युवराज लिम्बू, काठमाडौ विश्वविद्यालयका डीन डा.राजेन्द्र कोजु, विना दवाडी सदस्य रहनुभएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

