जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको धुम्वराहीस्थित ह्याम्स हस्पिटलमा विना शल्यक्रिया मुटुको एओर्टिक भल्भ प्रत्यारोपण गरिएको छ । यसलाई ट्रान्सक्याथेटर एओर्टिक भल्भ ट्रान्सप्लानटेसन भनिन्छ ।

भारतमा बिना शल्यक्रिया मुटुको भल्भ प्रत्यारोपण गर्दै आएका नेपाली चिकित्सक डा.अमित चौरसियाको सहयोगमा ह्याम्स हस्पिटलमा पहिलो पटक विना शल्यक्रिया मुटुको एओर्टिक भल्भ प्रत्यारोपण गरिएको हो ।
अस्पतालका वरिष्ठ कन्सल्यान्ट मुटु सर्जन डा ज्योतीन्द्र शर्मा, डा यादव देव भट्ट, डा रवि बराल, डा मुकुन्द शर्मा, डा मुरारी राज उप्रेती र डा सुरज लामिछाने लगायतका टोलीले काठमाडौंका एक ७४ वर्षीय पुरुषको विना शल्यक्रिया छाति नचिरी खुट्टाको रगत नलीबाट क्याथेटर छिराएर एओर्टिक भल्भ प्रत्यारोपण गर्न सफल भएको छ । हाल बिरामीको स्वास्थ्य अवस्था स्थित रहेको बताइएको छ ।
शल्यक्रिय नगरी मुटुको भल्भ प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ।
भ
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

