जनस्वास्थ्य सरोकार, काठमाडौं। प्रतिनिधि सभाबाट योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित भएको छ। राष्ट्रिय सभाले प्रतिनिधि सभाले गरेको संशोधनलाई स्वीकार गरेमा प्रमाणीकरणको प्रक्रिया अघि बढ्नेछ ।
विधेयकबारेको छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयलाई सेन्टर फर एक्सिलेन्स र अन्यलाई विशिष्टकृत बनाउने उद्देश्यअनुसार विधेयक ल्याइएको बताउनुभयो ।
यसैगरी बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयकमा राष्ट्रिय सभाबाट भएको संशोधन प्रतिनिधि सभाले स्वीकार गरेको छ। गत साउन ८ गतेको बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि बैठकबाट सो कार्यसूची हटाइएको थियो ।
प्रकाशित मिति: बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

