
जनस्वास्थ्य सरोकार, काठमाडौं । रक्सी र चुरोटको अत्यधिक सेवन गर्नेहरुमा मुख र घाँटीको क्यान्सर देखिएकाले यसप्रति सजग र सचेत रहन चिकित्सकहरुले सुझाव दिएका छन् ।
भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर केयर सेन्टर र क्यान्सर सपोर्ट एण्ड अवेरनेस नेपालद्धारा काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय हेड एण्ड नेक क्यान्सर दिवस २०२२ का अवसरमा आयोजित गोष्ठीका वक्ताहरुले मुख र घाँटीको क्यान्सरप्रति सचेत रहन आग्रह गर्नुभएको हो ।
वरिष्ठ क्यान्सर विशेषज्ञ डा. सिमित सापकोटाले क्यान्सरप्रति सजग र सचेत हुन सकेमा सम्भावित खतराबाट जोगाउन सकिने बताउनुभयो ।
मुख, नाक, कान, घाँटीसम्बन्धि क्यान्सरको शल्यक्रिया र त्यसपछिको पुनिर्माणसम्बन्धि केन्द्रित रहेको सो गोष्ठीमा प्रा.डा. अञ्जनीकुमार झा, डा. सुवास पण्डित, नाक डा. दीपक यादव, प्रा.डा. नरमाया थापा, प्रा.डा. तोरण केसी, प्रा.डा. दिपेन्द्र श्रेष्ठ थापालगायत ५० भन्दा बढी शल्यचिकित्सकहरुको सहभागिता रहेको थियो । हरेक वर्ष जुलाई २७ लाई विश्व हेड एण्ड नेक क्यान्सर दिवसका रुपमा मनाउने गरिएको छ ।

स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३


