जनस्वास्थ्य सरोकार, काठमाडौं । आज विश्व हेपाटाइटिस दिवस । हरेक वर्ष २८ जुलाइमा यस रोगबाट बच्न र बचाउन सचेत गराउने उद्देश्यले विश्व हेपाटाइटिस दिवस मनाउने गरिन्छ । यस वर्ष ‘म पर्खन सक्दिन’ भन्ने मूल नाराका साथ विश्वव्यापी रुपमा विश्व हेपाटाइटिस दिवस २०२२ मनाइँदै छ ।

हेपाटाइटिस कलेजोको रोग हो । कलेजो हाम्रो शरीरको एक महत्वपूर्ण अंग हो जसले पाचन प्रक्रियाका साथै रगतबाट विषाक्त पदार्थलाई सफा गर्न मद्दत गर्छ ।
तर, हेपाटाइटिस संक्रमणले कलेजो सुन्निन्छ र कलेजोमा असर गर्छ । यसले कलेजोको क्यान्सरलगायत गम्भिर रोगसमेत गराउन सक्ने विश्व स्वास्थ्य संगठनले बताएको छ । हेपाटाइटिस एक गम्भीर र ज्यान जोखिममा पार्ने रोग हो, जसको उपचार पनि आम बिरामीलाई निकै महँगो पर्छ । अतः हेपाटाइटिसको कारण थाहा पाएर समयमै उपचार र रोकथामका उपायहरू अपनाउन जरुरी हुन्छ ।
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

