
जनस्वास्थ्य सरोकार, बिराटनगर । इलाका प्रहरी कार्यालय रानीको टोलीले विराटनगरबाट विभिन्न प्रकारका अवैध औषधि बरामद गरेको छ।
भारतको जोगवनीबाट कार्टुनमा प्याक गरेर ल्याइएको औषधि विराटनगर महानगरपालिका–१७ रघुपति जुट मिल्सनजिकबाट प्रहरीले बिहीबार साँझ नियन्त्रणमा लिएको हो । प्रहरीलाई देख्नासाथ औषधि तस्करीमा संलग्नहरु फरार बनेका थिए। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार विभिन्न १६ प्रकारका औषधिहरु बरामद गरिएको छ। उनका अनुसार औषधि तीन लाख ६५ हजार पाँच सय ३३ रूपैयाँ बराबरको छ। बरामद गरिएको औषधि आवश्यक अनुसन्धान र कारबाहीका लागि औषधि व्यवस्था विभागमा बुझाउने तयारी प्रहरीले गरेको छ।
प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
कम्मर दुखाइलाई कम गर्ने सजिलो उपाय — सीटेड साल्सा
शुक्रबार, मंसिर १२, २०८२ट्रेन्डिङ
