
जनस्वास्थ्य सरोकार, बिराटनगर । इलाका प्रहरी कार्यालय रानीको टोलीले विराटनगरबाट विभिन्न प्रकारका अवैध औषधि बरामद गरेको छ।
भारतको जोगवनीबाट कार्टुनमा प्याक गरेर ल्याइएको औषधि विराटनगर महानगरपालिका–१७ रघुपति जुट मिल्सनजिकबाट प्रहरीले बिहीबार साँझ नियन्त्रणमा लिएको हो । प्रहरीलाई देख्नासाथ औषधि तस्करीमा संलग्नहरु फरार बनेका थिए। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार विभिन्न १६ प्रकारका औषधिहरु बरामद गरिएको छ। उनका अनुसार औषधि तीन लाख ६५ हजार पाँच सय ३३ रूपैयाँ बराबरको छ। बरामद गरिएको औषधि आवश्यक अनुसन्धान र कारबाहीका लागि औषधि व्यवस्था विभागमा बुझाउने तयारी प्रहरीले गरेको छ।
प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३
नर्सिङ शिक्षा तथा सेवा सुधार अभियानकी अभियन्ता ज्योति रानाभाट भोलिदेखि सत्याग्रहमा
बुधबार, साउन १३, २०८३
आहारपूरकलाई औषधिको दायरामा राख्ने प्रस्तावप्रति व्यवसायीको आपत्ति
मंगलबार, साउन १२, २०८३ट्रेन्डिङ
४

