
जनस्वास्थ्य सरोकार, काठमाडौँ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा सुर्य संग्रौला नियुक्त हुनुभएको छ । उहाँलाई प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपति समेत रहनुभएका स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले नियुक्त गर्नुभएको हो ।
प्रतिष्ठानका तत्कालिन रजिष्ट्रार डा मोहनचन्द्र रेग्मीले विवाद आएपछि राजनीनामा दिनुभएको थियो । उहाँको राजीनामा गत भदौ २४ गते स्वीकृत भएको थियो । त्यसयता रजिष्ट्रार पद रिक्त थियो।
यसैगरी, प्रतिष्ठानको अस्पताल निर्देशकमा डा जगत प्रसाद नियुक्त हुनुभएको छ । यसअघि उहाँ अस्पतालका सहायक निर्देशकमा कार्यरत हुनुहुन्छ ।
यस्तै, प्रतिष्ठान सिनेट सदस्यमा डा ज्ञानेन्द्र मल्ल र डा स्मृती कार्की पनि मनोनित भएका छन्।
प्रकाशित मिति: आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

