
जनस्वास्थ्य सरोकार, काठमाडौँ । अमेरिकाको न्युयोर्क सहरमा सार्वजनिक स्वास्थ्य सङ्कटको अवस्था घोषणा गरिएको छ ।
मङ्कीपक्सको सङ्क्रमण बढ्दै गएपछि न्यूयोर्कका मेयर एरिक एडम्स र शहरका स्वास्थ्य आयुक्त आश्विन भासनले सार्वजनिक स्वास्थ्य सङ्कटको घोषणा गर्नुभएको हो ।
संयुक्त रूपमा जारी वक्तव्यमा न्यूयोर्कमा हालसम्म १ हजार ३ सय ८३ जनामा मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि भइसकेको उल्लेख गरिएको छ ।
वक्तव्यमा मङ्कीपक्सको प्रकोपको केन्द्रको रुपमा न्युयोर्क रहेको र हाल करिब १ लाख ५० हजार न्यूयोर्कवासी मङ्कीपक्स सङ्क्रमणको जोखिममा रहेकाले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रको तथ्याङ्क अनुसार अमेरिकामा हालसम्म ५ हजारभन्दा बढीमा मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ ।
प्रकाशित मिति: सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

