
जनस्वास्थ्य सरोकार, रुपन्देही । रुपन्देहीमा एक महिना यता डेंगुका बिरामीहरू बढ्दै गएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल, सैनामैना, देवदह, भैरहवा र तिलोत्तमामा डेंगुका बिरामीहरू बढेका छन् ।
यहाँका सरकारी तथा निजी अस्पतालमा यो रोग लागेका बिरामीहरूले भरिएका छन् । यी मध्ये धेरै गम्भीर प्रकृतिका बिरामीहरूलाई चितवन तथा काठमाडौँ पठाइएको छ ।
लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको सचेतना, यसको लार्भा खोज र नष्ट गर भन्ने अभियान विगतमा गरिए पनि अहिले पालिकाहरूले प्रभावकारी रुपमा यसलाई सञ्चालन गरेको नदेखिएको स्वास्थ्यकर्मी कमल ज्ञवालीले बताउनुभयो ।
रुपन्देहीका हरेक ल्याबहरूमा अहिले डेंगुका लक्षण देखिएका बिरामीको परीक्षण गर्ने भीड लागेको छ तर यसका बिरामी कति बढे भन्ने आधिकारिक तथ्याङ्क राख्ने कुनै संयन्त्र बलियो छैन ।
स्वास्थ्यकर्मी ज्ञवालीका अनुसार डेंगुका लक्षण देखिएर परीक्षण गराएका र यसको उपचार गराएको सङ्ख्या निकै ठूलो छ तर सरकारी अस्पतालमै यसको तथ्याङ्क सबै नभए पनि निजी अस्पताल र क्लिनिकमा उपचार भएको एकिन तथ्याङ्क आउन सम्भव नै छैन ।
लुम्बिनी प्रादेशिक अस्पतालको तथ्यांकअनुसार केही दिनयता एक सय २२ जनामा डेंगु रोग देखिएको छ । जाँच गराएका मध्ये ८ सय ६४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण भएकामध्ये दश जनाभन्दा बढी रक्तकोषिका कम भएका बिरामीहरू अस्पतालमा भर्ना भई उपचाररत छन् ।
वर्षात र गर्मी मौसम, बुटवलको मुख्य सडकसहित भित्री सडकहरू विस्तार हुँदा खाल्डोमा सङ्कलन भएको फोहोर पानी र लामखुट्टे निराकरणसम्बन्धी सचेतनामुलक कार्यक्रमहरू नहुँदा डेंगुका बिरामीहरू बढ्दै गएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकृत डा।नेत्र रानाले बताउनुभयो ।
“डेंगु रोग नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रमको कमी भएको पाइएको छ”, उहाँले भन्नुभयो, “सरोकारवाला निकायले यसतर्फ ध्यान दिनुपर्छ, दिनदिनै यसका बिरामीको चाप बढेको छ ।”
उहाँले स्थानीय सरकारले किटानासक झुल वितरण कार्यक्रम गर्नुपर्ने र सचेतना बढाउनुपर्ने बताउनुभयो ।
टोल समितिमार्फत वडाका बस्ती बस्तीमा डेंगु रोग नियन्त्रणसम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन भइरहेको बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनसङ्ख्या महाशाखा प्रमुख मित्रमणी खनालले जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले कार्यालयसँग बजेट धेरै नभएकाले सचेतनाका कार्यक्रम धेरै गर्न नपाएको तर सबै स्थानीय सरकारलाई यस बारेमा सचेतना गराई कार्यक्रम गर्नका लागि आग्रह गरिएको बताउनुभयो ।
“अहिले हामीसँग बजेट नै हुँदैन, समन्वय गर्ने काम गरिरहेका छौँ, प्राविधिक पक्षबाट गर्ने काम हामी गर्छौ तत्काल सचेतना र लामखुट्टेको खोजी तथा नष्ट अभियान चलाउने भनेर सबैलाई तयारी गर्न भनेका छौँ ।” उहाँले भन्नुभयो, “अहिले डेंगुको बढी हुने समय हो, यो समयमा सबै सचेत हुनुपर्दछ । ”
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
