
मानसिक र शारीरिक स्वस्थ्य भएको व्यक्तिले मात्र समाजमा प्रभावकारी योगदान प्रदान गर्नसक्छ । विभिन्न रोग विशेषमा गरिने थेरापेटिक योगलाई सरकारी तहबाट मासमा लैजान नसकिएपनि प्रवद्र्धनात्मक योगको माध्यमबाट स्वास्थ्यलाई अझ राम्रो बनाउन सक्छौं । नेपालमा १६ वर्षमुनिका बालबालिकाबाहेक २५ प्रतिशत व्यक्तिले योग गर्ने अनुमान गरिएको छ ।
हृदयघात, मस्तिष्कघात, डायविटिज र प्रेसर हुनमा तनाव मुख्य कारक मानिन्छ । योगा तथा ध्यानले तनावमुक्त बनाउन मद्धत गर्छ । दैनिक ३० मिनेट योगा गर्ने मानिसले विभिन्न रोग लागेर हुनसक्ने खर्च जोगाउन सफल हुन्छ ।
त्यसैले दीर्घजीवी हुन मानसिक तनावमुक्त हुनुपर्छ । जनमानसमा योगा गर्नुपर्ने जनचेतना भएपनि कहाँ जाने ? कसरी गर्ने ? कुन स्थानमा गर्ने ? भन्नेबारे सहजीकरण गर्नुपर्ने आवश्यकता छ । हुन त आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले देशव्यापीरुपमा नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरेको छ ।

३०० वटा नागरिक आरोग्य सेवा केन्द्र, ३०५ वटा आयुर्वेद औषधालय र ७७ वटा जिल्लास्तरीय आयुर्वेद अस्पतालहरु रहेका छन् । तर बजेटको अभावमा सिमित क्षेत्रभित्र मात्र कार्यक्रमहरु सञ्चालन भएका छन् । ठूला पालिकाहरुको सबै क्षेत्रमा सेवा पुग्न सकेको छैन ।
औषधालयहरु एउटै पालिकामा दोहोरिएको पनि पाइन्छ । तर नागरिक आरोग्य सेवा केन्द्र औषधालय र जिल्ला आयुर्वेद अस्पतालहरु नभएको ठाउँमा सञ्चालनमा ल्याइएको छ । देशका ७ सय ५३ वटा पालिकामध्ये ५०० पालिकाहरुमा आयुर्वेद सेवा कभरेज छ ।
ति ठाउँहरुमा वर्षमा एक वा दुईपटक योगका कार्यक्रमहरु सञ्चालन हुने गरेका छन् । तर बजेटको अभावले नियमित कार्यक्रमहरु सञ्चालन हुन सकेका छैनन् । यसले योगप्रतिको लगाव सृजना गर्न सकेको छैन ।
(डा. प्रकाश ज्ञवाली आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा नीति तथा योजना शाखामा कार्यरत हुनुहुन्छ । )
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

