
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४१५ जनाको परीक्षणमा ८१४ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार ७६२ जनाको पीसीआर परीक्षण गर्दा ५०९ जना र २ हजार ६५३ जनाको एन्टीजेन परीक्षण गर्दा ३०५ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार १४४ पुगेको छ । पछिल्लो २४ घण्टामा २९९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार ४ हजार ९८५ जना होम आइसोलेसनमा रहेका छन् भने १५९ जना संस्थागत आइसोलेसन र ३८ जना आईसीयूमा छन् ।
यस्तै ५ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३० हजार ९३८ पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

