
जनस्वास्थ्य सरोकार, भोजपुर । भोजपुरमा १६ जनामा कोरोना संक्रमण देखिएको छ । ४२ जनामा गरिएको एनटिजेन परिक्षामा १६ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । जिल्लामा हालसम्मको परिक्षणमा १६ जना कोरोना संक्रमित देखिएको हो ।
संक्रमित हुनेमा टेम्केमैयुङ गाउँपालिकाका १४ र रामप्रसादराई गाउँपालिकाका दुई जना रहेको स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले बताउनुभयो । संक्रमितहरु हाल होम आइसलेसनमा रहेको सूचना अधिकारी बुढाथोकीले बताउनुभयो ।
दुई नगरपालिका र सात गाउँपालिका गरी नौ वटा स्थानीय तह रहेको भोजपुरमा हालसम्म एक लाख ४ हजार ९६० जनाले कोभिड १९ विरुद्धको पूर्ण खोप लगाई सकेका छन् भने एक लाख ११ हजार १३३ जनाले पहिलो खोप, ८८ हजार ४३ जनाले दोस्रो खोप लगाएका लगाएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख सुमन तिवारीले बताउनुभयो ।
संक्रमण देखिएसँगै स्थानीय तहहरूलाई परीक्षणको दायरा बढाउन अनुरोध गरिएको प्रमुख तिवारीले बताउनुभयो । संक्रम देखिएकाहरूलाई अहिले होम आइसोलेसनमा राखिएको समस्या परेमा तत्काल कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको प्रमुख तिवारीको भनाइ छ । सङ्क्रमणलाई लक्षित गरेर अहिले पनि खोप अभियान सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
