
जनस्वास्थ्य सरोकार, काठमाडौँ । मंकीपक्सका संक्रमित बढेपछि अमेरिकामा जनस्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ। अमेरिकी सरकारले बिहीबार सो घोषणा गरेको हो। यहाँको स्वास्थ्य तथा मानवीय सेवा विभागले सो घोषणा गरेको हो।
उक्त विभागका तर्फबाट बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अमेरिकामा मङ्कीपक्सको अवस्था दिन प्रतिदिन बढ्दै गएपछि सो घोषणा गरिएको बताइएको थियो।
विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्सलाई विश्वव्यापी समस्याका रुपमा घोषणा गरेको एक हप्तापछि अमेरिकाले पनि आफ्नो देशमा जनस्वास्थ्य सङ्कटकाल घोषणा गरेको हो।
अमेरिकामा बिहीबारसम्ममा छ हजार ६०० जनामा यो सङ्क्रमण देखिएको बताइएको थियो। सो पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार विश्वमा हाल देखा परेको मङ्कीपक्सको सङ्क्रमणमध्ये अमेरिकामा मात्र २५ प्रतिशत पाइएको हो।
विश्वका कैयौँ देशमा मङ्कीपक्सको सङ्क्रमण देखिएको छ। विश्वमा हाल २५ हजार ८०० जनामा यो सङ्क्रमण पाइएको बताइएको छ। अहिले पनि विश्वका कतिपय देशहरुमा यसको सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएका समाचारहरु आइरहेका छन्। अमेरिकाका न्युयोर्क, क्यालिफोर्निया र इलिनोइसमा यो सङ्क्रमणका बढी सङ्क्रमितहरु पाइएका बताइएको छ।
–––
व्यवस्थापन महाशाखाको निर्देशकमा डा. मण्डल
मंगलबार, भदौ ९, २०८३
स्वास्थ्य व्यवसायी परिषद्को उन्नाइसौँ लाइसेन्सिङ परीक्षा भदौ अन्तिम साताबाट
मंगलबार, भदौ ९, २०८३
गोसाइँकुण्डको जनैपूर्णिमा मेलामा अल नेपाल हस्पिटलले निःशुल्क स्वास्थ्य सेवा दिने
मंगलबार, भदौ ९, २०८३
स्वास्थ्य मन्त्रालयका कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ ?
मंगलबार, भदौ ९, २०८३
