
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज ९१२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने एक जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ स्वाब परीक्षण गर्दा ९१२ जनामा कोरोना देखिएको हो। उनीहरूमध्ये दुई हजार ९४१ जनाको पीसीआर परीक्षण गर्दा ५२९ जनामा र तीन हजार ५५० जनाको एन्टिजन परीक्षण गर्दा ३८३ जनामा कोरोना पुष्टि भएको हो।
त्यस्तै, कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९७० पुगेको छ।
पछिल्लो २४ घण्टामा ३७० जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै सक्रिय संक्रमितको संख्या पनि पाँच हजार ७६० पुगेको छ।
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

