
जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई दिने सरकारको तयारी भइरहेको भन्दै आपत्ति जनाएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद योगेश भट्टराईले स्वास्थ्य बीमा कार्यक्रम व्यावसायिक बिमा नभएर सामाजिक सेवा कार्यक्रम रहेको भन्दै निजी क्षेत्रलाई जिम्मा दिने सरकारको तयारीप्रति आपत्ति जनाउनुभयो ।
पछिल्लो समय बीमावापतको रकम भुक्तानी नभएको बहानामा अस्पतालहरूले कार्यक्रम नै बन्द गरेका भन्दै उहाँले यसप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । एक लाख रुपैयाँले उपचार सम्भव नरहेको भन्दै उहाँले स्वास्थ्य बिमा कार्यक्रममा अब १० लाख रुपैयाँको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बीमा कार्यक्रममा १७ लाख परिवार आबद्ध र ५६ लाख ५० हजार मानिस प्रत्यक्ष संलग्न रहेका भन्दै उनले बीमा कार्यक्रममा २० अर्बभन्दा बढी रकम भुक्तानी भइसकेको जानकारी दिनुभयो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

