
जनस्वास्थ्य सरोकार, वीरगञ्ज । पोखरिया नगरपालिकाले आफ्नो मातहतमा रहेको पोखरिया अस्पतालको सेवा सुविधा तथा भौतिक पूर्वाधार सुधार गर्न विभिन्न काम अघि बढाएको छ ।
१५ शय्याको अस्पताललाई सेवा सुधार गर्न नगरपालिकाले अस्पतालसँग सहकार्य गरी काम अघि बढाएको पोखरिया नगर प्रमुख प्रदुमन चौहानले जानकारी दिनुभयो ।
उहाँका अनुसार अस्पतालमा आवश्यक जनशक्ति व्यस्थापन, भौतिक पूर्वाधार र अन्य प्राविधिक व्यवस्थापकीय काम अघि बढाइएको हो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सञ्जय गुप्ताले अस्पतालको भवनबाट वर्षायाममा पानी चुहिने समस्या, आवश्यक प्रयोगशाला तथा जनशक्तिको अभाव रहेको बताउनुभयो । नगरप्रमुख चौहानले अस्पतालमा देखिएका विभिन्न समस्या समयमै सामाधान गरिने जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

