
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको सख्या एक हजार नाघेको छ भने २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०० जनाको परीक्षणमा १०९० जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये २ हजार ९५८ जनाको पीसीआर परीक्षण गर्दा ६५० जना र ३ हजार ३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३० जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४३८ जना संक्रमणमुक्त भएका छन् ।
जसमध्ये ५ हजार ५९३ जना होम आइसोलेसनमा रहेका छन् भने २१३ जना संस्थागत आइसोलेसन र ६१ जना आईसीयूमा छन् ।
यस्तै ७ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
यस्तै १० वर्ष मुनिका ६ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११देखि २० वर्ष उमेर समूहका ४० जनामा कोरोना संक्रमित भउको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

