
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुको जिम्मेवारी हेरफेर भएको छ । मन्त्रालयको समन्वयन महाशाखाको जिम्मेवारी डा. सञ्जय ठाकुरलाई दिइएको छ । उहाँ यसअघि राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।
राष्ट्रिय क्षयरोग केन्द्रकोको निर्देशकमा फजिलमा रहनुभएकी डा. रिता भण्डारी जोशीलाई पठाइएको छ । त्यसैगरी प्रदेश नं १ को क्षेत्रीय स्वास्थ्य निर्देशकका रुपमा नारायण ढकाललाई पठाइएको छ । यसअघि उहाँ औषधि व्यवस्था विभागको महानिर्देशकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।
त्यस्तै डा विश्वबन्धु बगाललाई किटजन्य रोग केन्द्र हेटौँडा पठाइएको छ । केन्द्रका प्रमुख डा केशवराज पण्डितलाई स्वास्थ्य मन्त्रालय तानिएको छ ।
त्यसैगरी कान्ति बाल अस्पतालमा कार्यरत उपसचिव भवनाथ खतिवडालाई स्वास्थ्य सेवा विभाग पठाइएको छ । खतिवडाको स्थानमा सूर्यप्रसाद गौतमलाई ल्याइएको छ ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

