
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी र विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा. राजेश संभाजीराव पाण्डवविच स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ ।
सो क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले नेपालको स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनले पु-याएको योगदान उल्लेखनीय रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘विश्व स्वास्थ्य संगठनले कोरोना महामारी रोकथाम, खोप लगायतमा अग्रणी भूमिका निर्वाह गरेको छ । यसप्रति म विश्व स्वास्थ्य संगठनलाई आभार प्रकट गर्न चाहन्छु । आगामी दिनमा पनि सहयोग प्राप्त हुनेनैछ भन्नेमा विश्वस्त छु ।’
उहाँले पश्चिम नेपालमा कुपोषण प्रमुख समस्या रहेको भन्दै यस विषयमा पनि पहल गर्न विश्व स्वास्थ्य संगठनलाई आग्रह गर्नुभयो ।
पाण्डवले नेपालको स्वास्थ्य क्षेत्रमा आफूहरुले सदैव कटिवद्ध भइरहेको लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘कोरोना रोकथाम, नेपालका प्रमुख रोगहरुको रोकथाममा हामी स्वास्थ्य मन्त्रालयसंग समन्वय गरेर काम गरिरहेका छौं । नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्न के गर्न सकिन्छ, समन्वय गरेर अघि बढौं ।’
विश्वस्वास्थ्य संगठनको कन्ट्री कोअप्रेसनल स्ट्रयाटेजी अनुसार सहयोग गरिने बताउनुभयो । सो क्रममा विश्व स्वास्थ्य संगठनका नेपालका डा. विनोद गुप्ताको पनि उपस्थित रहेको थियो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
