जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही हप्तादेखि कोरोना संक्रमण दर वृद्धि भएकोले थप सतर्कता तथा सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले हाल देशमा संक्रमण निरन्तर बढिरहेकोले घर बाहिर निस्कँदा अनिवार्य र सही तरिकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गर्नुभयो ।
सह–प्रवक्ता अधिकारीले साउन १ गते ४ प्रतिशत रहेको संक्रमण दर बुधबार ३ गुणाले वृद्धि भई १३ प्रतिशत संक्रमित थपिएको बताउनुभयो ।
यस्तै हाल कोभिड विरुद्धको खोप नलाएको र खोपको मात्रा पुरा नगरेकाहरूमा संक्रमण तथा सङ्क्रमणपछि मृत्यु दर बढी पाइएकोले खोप लगाउन तथा खोप मात्रा पुरा गर्न समेत सह–प्रवक्ता अधिकारीले आग्रह गर्नुभयो ।
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

