
जनस्वास्थ्य सरोकार, सिन्धुली । जिल्लाका केही सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा बेहोस हुने समस्या देखिएको छ ।
सुनकोशी गाउँपालिका–७ स्थित गणेश माध्यमिक विद्यालय र हरिहरपुरगढी गाउँपालिका–२ स्थित जनप्रभात निम्न माध्यमिक विद्यालयका विद्यार्थीमा बेहोस हुने समस्या देखिएपछि पठनपाठनमा समस्या भएको छ ।
एकै पटकमा दर्जनौं विधार्थीमा बेहोस हुने समस्या देखिएको विद्यालय प्रशासनले जनाएको छ । उनीहरूमा टाउको दुख्ने, हातगोडा बाउँडिने, शरीर आलस्य हुने र बेहोस हुने गरेको गणेश माविका प्रधानाध्यापक माधव भण्डारीले बताउनुभयो ।
बेहोस भएका विद्यार्थीमध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने केहीको स्वास्थ्यमा सुधार भएको छ । छात्रमा भन्द छात्रामा यस्तो समस्या बढी देखिएको विद्यालय प्रशासनले जनाएको छ ।
विद्यार्थीमा मास हिस्टेरियाको समस्या देखिएको जिल्ला अस्पतालमा कार्यरत चिकित्सकहरूले बताएका छन् ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
