
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमको समस्याबारे पहिचान गर्नका लागि स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीको अध्यक्षतामा पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।
मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले स्वास्थ्य राज्यमन्त्री केसीको अध्यक्षतामा मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनी, बीमा बोर्ड सदस्य डा सुरेश तिवारी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सामाजिक सुरक्षा हेर्ने सहसचिव सदस्य तथा औषधि व्यवस्था विभागका प्रमुख औषधि व्यवस्थापक नारायण ढकाल सदस्य सचिव रहेको कार्यदल गठन गरिएको छ ।
कार्यदलले तीन हप्ताभित्रमा बीमा कार्यक्रमका समस्या पहिचान गरी समाधानका उपायसहित प्रतिवेदन मन्त्रालयमा पेश गर्नेछ ।
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

