जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत ५० जिल्लाका ५ देखि १२ वर्ष मुनिका बालबालिकाहरुलाई लक्षित गरी भदौ ५ गतेदेखि कोभिड १९ विरुद्धको फाइजर खोप अभियान शुरु गर्नेभएको छ

। भदौ ५ देखि ११ गतेसम्म पहिलो र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्र खोप दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यसअघि सरकारले २७ जिल्लाका बालबालिकालाई पहिलो र दोस्रो मात्रा खोप दिइसकेको छ।
खोप अभियान शुरु हुने जिल्ला कुन कुन हुन् ?
प्रदेश १ अन्तर्गत भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, पाँचथर, शंखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेहथुम र उदयपुर, मधेश प्रदेशका बारा रौतहट, सर्लाही गरी तीन जिल्ला, बाग्मती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा सिन्धुपाल्चोक, गण्डकी प्रदेशका बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँ, लुम्बिनी प्रदेशका कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा, पूर्वी रुकुम, कर्णाली प्रदेशका पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख र जाजरकोट, सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बाजुरा, बैतडी र दार्चुला जिल्लामा खोप अभियान सञ्चालन हुनेछ।
कतिपय स्थानीय तहले खोपको उपलब्धता र सहजताका आधारमा खोप दिने भएकाले थप जानकारीका लागि नजिकैको वडा कार्यलय वा विद्यालयमा सम्पर्क गरेर खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ।
फाइजर खोप बालबालिकाहरुका लागि सुरक्षित रहेको उल्लेख गर्दै मन्त्रालयले आफ्ना बालबालिकाहरुलाई ढुक्कसँग लगाउन आग्रह गरेको छ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

