जनस्वास्थ्य सरोकार, काठमाडौं । निजी अस्पतालहरुको छाता संगठन एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) मा डा. पदम खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

शनिबार राजधानीमा सम्पन्न २२ औं साधारणसभामा अध्यक्षका लागि पोखराको कास्की सेवा हस्पिटलका सञ्चालक डा.खड्का र अल्का अस्पतालका सञ्चालक कुमार थापाबीच प्रतिस्पर्धा भएको थियो । कुल खसेका ९३ भोटमध्ये डा. खड्काले ७२ र थापाले २१ भोट प्राप्त गर्नुभएको थियो । यसअघि थापा अफिनका वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।
यसैगरी साधारण सभाले वरिष्ठ उपाध्यक्षमा राप्ती लाइफ केअर अस्पतालका सञ्चालक हरि प्रसाद रिजाल, प्रदेश उपाध्यक्षमा बागमती प्रदेशबाट नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरका सञ्चालक प्रा. श्यामकृष्ण जोशी, कर्णाली प्रदेशबाट गुरुङ हस्पिटल प्रा.लि.का सञ्चालक भीमबहादुर गुरुङ, सुदूरपश्चिमबाट पद्मा अस्पताल प्रालिका सञ्चालक गजेन्द्रबीर चन्द निर्वाचित हुनुभयो । यसैगरी लुम्बिनी प्रदेशबाट कौशिला मेमोरियल अस्पतालका चन्द्रबहादुर महतो, गण्डकी प्रदेशबाट तनहुँ सेवा अस्पतालका सञ्चालक हरिवहादुर खड्का निर्वाचित हुनुभयो ।

अफिनको महासचिवमा सुमेरू अस्पतालका हेमराज दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँ यसअघि पनि महासचिव हुनुहुन्थ्यो । कोषाध्यक्षमा नेपाल क्यान्सर अस्पतालकी स्वरूपा श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ उहाँ पनि यसअघि अफिनको कोषाध्यक्ष हुनुहुन्थ्यो । सचिवमा विजयपुर हस्पिटल प्रालिका सञ्चालक पंकज खतिवडा निर्वाचित हुनुभएको छ ।
सदस्यहरूमा सिद्धार्थनगर सिटी हस्पीटलका सञ्चालक अर्जुन पौडेल, कैलाली हस्पिटलका जनकराज जोशी, ब्लुक्रस हस्पिटलकी सतिदेवी गौतम सिंह, इशान बाल तथा महिला अस्पतालका डा.रामानन्दन प्रसाद चौधरी, ग्रिनसिटी हस्पिटलकी रेनुका गुरुङ्ग, तुलसी बाल अस्पतालका डा. किशोर खत्री, माया मेट्रो हस्पीटलका धिरेन्द्र, पर्वत कुश्मा हस्पीटलका सुशिल पौडेल निर्वाचित हुनुभएको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

