
जनस्वास्थ्य सरोकार, काठमाडौँ । रुसले औषधिमाथि लगाएको प्रतिबन्ध मानवता विरुद्धको अपराध रहेको भन्दै युक्रेनले टिप्पणी गरेको छ ।
युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर लिआस्कोले रुसले अत्यावश्यक औषधिमाथि प्रतिबन्ध लगाएर मानवता विरुद्धको अपराध गरेको आरोप लगाउनुभएको हो ।
मन्त्री लआस्कोले आफ्नो देशमाथि रुसले आक्रमण सुरु गरेदेखि नै औषधि जस्तो अत्यावश्यक क्षेत्र र स्वास्थ्य सेवाको पहुँचमाथि प्रतिबन्ध लगाएको र यो निन्दाको विषय रहेको बताउनुभयो । उहाँले रुसले कब्जा गरेका ठाउँमा नागरिकको उपचार र स्वास्थ्य अवस्था दयनीय बनेको समेत बताउनुभएको छ ।
विगत ६ महिनाको युद्ध अवधिमा रूसले मानवीय करिडोरहरूमा सहज आवतजावतको अनुमति दिएको छैन । जसले गर्दा बिरामीलाई अनुदानका औषधि समेत उपलब्ध गराउन समस्या भएको मन्त्री लिआस्कोले बताउनुभएको समाचार संस्था एपीले जनाएको छ ।
युक्रेन सरकारले क्यान्सर र अन्य दीर्घ रोगीहरूलाई अनुदानमा औषधि उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरेको छ । तर युद्ध सुरु भएपछि अस्पताल र सडकलगायत थुप्रै पूर्वाधारको विनाश भएको छ । यसले स्वास्थ्य प्रणालीलाई भताभुङ्ग बनाएको छ । मानिसहरू आधारभूत स्वास्थ्य सेवाबाट समेत वञ्चित भएका छन् । एजेन्सी
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
