
जनस्वास्थ्य सरोकार । निद्रामा समस्या हुने मानिसमा डिमेन्सियाको जोखिम हुने अध्ययनले पत्ता लगाएको छ।
स्लिप रिसर्च जर्नलमा प्रकाशित अध्ययनअनुसार निद्रामा समस्या हुने, पटक–पटक राति निद्राबाट ब्युँझिरहने वृद्धहरूमा डिमेन्सिया विकास हुने वा कुनै पनि कारणबाट चाँडै मर्ने जोखिम उच्च हुन्छ ।
हार्वर्ड मेडिकल स्कुल मेडिसिनका निर्देशक, निद्रा विज्ञ रेबेका रबिन्सका अनुसार अध्ययनको नतिजाले सबै कारण मृत्युदरको जोखिम कम गर्नका लागि हरेक रातको निद्राले महत्त्वपूर्ण भूमिका खेल्छ ।
धेरै रात निदाउन समस्या भोग्ने मानिसहरूलाई कुनै पनि कारणबाट प्रारम्भिक मृत्युको खतरा ४४ प्रतिशतले बढेको अध्ययनले देखाएको छ । त्यस्तै, प्रायः रातमा ब्युँझने र सुत्न सङ्घर्ष गरिरहेका मानिसमा मृत्युको जोखिम ५६ प्रतिशत बढी हुने हुन्छ ।
नियमित सुत्न गाह्रो हुने मानिसमा डिमेन्सियाको जोखिम ४९ प्रतिशत र रातमा ब्युँझने र सुत्न सङ्घर्ष गरिरहेका मानिसमा डिमेन्सियाको जोखिम ३९ प्रतिशतले बढेको अध्ययनले देखाएको छ।
वल्र्ड स्लिप सोसाइटीका अनुसार निद्राको अभावले विश्वको ४५ प्रतिशत जनसङ्ख्याको स्वास्थ्यलाई जोखिममा पु¥याइरहेको छ । निद्रामा समस्या भएमा मधुमेह, स्ट्रोक, हृदय रोगसहित विभिन्न रोगको जोखिम उच्च हुन्छ । उमेरको आधारमा प्रत्येक रात सातदेखि १० घण्टाको निद्रा पाउनु पर्ने हुन्छ । एजेन्सी
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

