
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल नर्सिङ परिषद्को निमित्त रजिष्ट्रारमा सकुन्तला प्रजापति नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उहाँलाई निमित्त रजिष्ट्रारको जिम्मेवारी दिनुभएको हो ।
मन्त्रीपरिषद्ले रजिष्ट्रार नियुक्तको निर्णय नगरेकोले निमित्त रजिष्ट्रार तोकिएको हो। यसअघिकी रजिष्ट्रार ब्रिन्दा घिमिरेको ४ वर्षे पदावधि यही साउन २० गते सकिएको थियो।
घिमिरेको ४ वर्षे पदावधि सकीएपछि परिषद्का कामहरु प्रभावित भएका थिए। परिषद्ले अस्थायी प्रमाणपत्र वितरण, नाम दर्ता परीक्षामा उत्तीर्ण भएकाहरूलाई जारी गर्ने प्रमाणपत्र, नवीकरण, प्रतिलिपि, प्रमाणीकरण आदिको सेवाहरु परिषद्ले साउन २२ गतेदेखि रोकेको थियो।
प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

