
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले प्राथमिक तहको स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कजेलहरुलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
सोमवार नेपाल उद्योग वाणिज्य महसंघले काठमाडौंमा स्वास्थ्य बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले स्वास्थ्यसँग सम्बन्धित प्राविधिक ज्ञान लिने जनशक्तिहरु उत्पादन गर्ने मेडिकल क्षेत्र निरुसाहित भएको भन्दै सरकारले त्यस्ता कलेजहरुलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
उहाँले सरकारले ७५३ वटै स्थानीय तहहरुमा प्राथमिक तहको स्वास्थ्य पूर्वाधार पु¥याउन जरुरी रहेको बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष ढकालले स्वास्थ्य बीमामा भुक्तानी प्रणालीमा केही कमजोरीहरु रहेको भन्दै त्यस्ता विषयहरु सुधार गर्नुपर्ने देखिएको बताउनुभयो । उहाँले स्वास्थ्य बीमा कार्यक्रमलाई डिजिटल रुपमा अगाडि बढाए मात्रै स्वास्थ्य बीमामा राज्यले लिएको उदेश्य पूरा हुनसक्ने दाबी गर्नुभयो।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
