
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङले मंगलबार औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको निरीक्षण गर्नुभएको छ । निरीक्षण गर्न मन्त्री खापुङसंगै स्वास्थ्य सचिव देवकुमारी गुरागाईँ पनि पुग्नुभएको थियो ।
विभागका महानिर्देशक भरत भट्टराईले मन्त्री, सचिव र मन्त्रालयबाट गएको टोलीलाई विभागको काम कारवाही बारे बताउँदै स्थलगत अवलोकन गराउनुभएको थियो ।
उहाँले सिमित स्रोत साधनका बीच काम गरिरहेको जानकारी गराउनुहुँदै मूल्य समायोजन, भौतिक पूर्वाधार र जनशक्ति अभाव जस्ता समस्याको निराकरण गर्न मन्त्रालयको सहयोग आवश्यक रहेको बताउनुभयो ।
यस्तै राष्ट्रिय औषधि प्रयोगशाला प्रमुख पान बहादुर क्षेत्रीले पनि आफ्नो कार्यालयबाट भए गरेका कामहरुबारेमा जानकारी गराउनुभएको थियो ।
यसैबीच मन्त्री खापुङले सरकारको नीति स्वदेशी उद्योगलाई प्रर्वद्धन गर्ने रहेको भन्दै औषधि क्षेत्रमा पनि सोही नीति लागू हुने बताउनुभयो ।
उहाँले स्वदेशी औषधि उद्योगको विकासका लागि राज्यले गर्न सक्ने सहयोग गरिदिन समेत आग्रह गर्नुभयो । मन्त्री खापुङले औषधिको मूल्य समायोजनको विषय लामो समय देखि सुन्दै आएको भन्दै यस सम्वन्धी समस्या छिटो टुंगोमा पु र्याउन आग्रह गर्नुभयो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
