
जनस्वास्थ्य सरोकार, काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालले ६३ औं वार्षिकोत्सव मनाएको छ।
वार्षिकोत्सवको अवसरमा अस्पतालका निर्देशक प्रा डा अमिरबाबु श्रेष्ठले शैय्या अभावका कारण बिरामीलाई नफर्काउने अस्पतालको नीति रहेको र प्रसुती सेवामा कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
‘शैय्या कम हुँदा अस्थायी शैय्या राखेर भएपनि बिरामीको चापलाई व्यवस्थापन गर्ने गरेका छौँ,’उहाँले भन्नुभयो– ‘सिमित स्रोत साधनको बाबजुद पनि विश्वकै नमुनाको रुपमा रहेको स्त्री रोग अस्पतालले गत आर्थिक वर्ष २०७८ ७९ मा मात्रै २४ हजारभन्दा बढी डेलिभरी गराउन सफल भएका छ । ती महिलाबाट २४, ५९३ शिशुको जन्म भएको सुनाउन पाउँदा गौरवान्वित छु।’
अस्पतालको आफ्नै नर्सिङ कलेज रहेको र एमएचरएमडी लेभलको विद्यार्थीलाई पढाउने गरेको उहाँले बताउनुभयो । यसै शैक्षिक सत्रबाट अस्पतालले आइभीएफ शिक्षाको फेलोसीपसमेत संचालन भएकोले निस्सन्तान दम्पतिको उपचारमा सहज हुने विश्वास लिएको प्राडा श्रेष्ठको भनाइ छ। हाल अस्पतालमा संचालित आइभीएफ सेवा स्तरोन्नति गर्दै दिइएको सेवाबाट १८ जनाले सो सेवा लिएका छन्।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

