जनस्वास्थ्य सरोकार, काठमाडौं । अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण १५१८९ मान्यता प्राप्त ‘क’ वर्गको अत्याधुनिक क्रिष्टल डायग्नोष्टिक ल्याब र सामाजिक सुरक्षा कोषबीच स्वास्थ्य सेवा प्रवाह सम्बन्धि सम्झौता भएको छ ।
सामाजिक सुरक्षा कोषका निर्देशक उत्तम राज नेपाल र क्रिष्टल डायग्नोष्टिकका प्रबन्ध निर्देशक रबीन्द्र केसीबीच स्वास्थ्य सेवा प्रवाहसम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल डायग्नोष्टिकले सो सम्झौतापश्चात् कोषमा लगातार तीन महिना भन्दा बढी योगदान पुर्याइरहेका योगदानकर्ताहरुको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधी, २०७५ मा उल्लेख भएअनुसार सेवाहरु प्रदान गर्नेछ । जसमा चिकित्सक परामर्श, अस्पताल भर्ना तथा शल्यक्रिया, रोगको परीक्षण तथा उपचार सेवा र औषधी प्रदान गर्नेछ । यसैगरी, योगदानकर्ता एवं योगदानकर्ताको श्रीमतीको नियमित गर्भ परीक्षण, अस्पताल भर्ना, शल्यक्रिया तथा तीन महिनासम्म शिशुको स्याहार र अस्पताल भर्ना नभएको तर अस्पताल आवातजावत गर्न नसक्नेलाई घरमै गएर प्रदान गरेको परामर्श सेवा, दुर्घटना तथा अपांगता सुरक्षा योजनाअन्तर्गतको उपचार सम्बन्धी सेवा प्रदान गर्नेछ । कोषले अस्पताल भर्ना भएर उपचार गर्नुपर्ने योगदानकर्तालाई वार्षिक रुपमा एक लाख रुपियाँसम्म, प्रसुति तथा नवजात शिशुको उपचारमा १ लाखसम्म, अस्पताल भर्ना नभएर उपचार गर्नुपर्ने योगदानकर्तालाई चिकित्सकको प्रेस्क्रीप्सन बमोजिम वार्षिक रुपमा बढीमा २५ हजार रुपैयाँ नबढ्ने गरी ८० प्रतिशत शुल्क उपलब्ध गराउनुपर्नेछ ।
२० प्रतिशत शुल्क भने बिरामी आफैले व्यहोर्नेछन् ।
स्वास्थ्य सेवा सञ्चालन गर्न छनोट भएका स्वास्थ्य संस्थाहरुसँग सम्झौता गरिरहेको वर्तमान अवस्थामा कोषले पहिलोपटक निजी क्षेत्रको ल्याव क्रिष्टल डायग्नोष्टिक प्रा.लि.सँग सम्झौता शुरु गरेको बताइएको छ ।
बिहीबार भएको सम्झौता समारोहमा सामाजिक सुरक्षा कोषका प्रशासकीय अधिकृत ऋषिराम पाण्डेय र किष्टलका प्रमुख कार्यकारी अधिकृत सुनिल राउतकोसमेत उपस्थिति रहेको थियो ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

