जनस्वास्थ्य सरोकार, चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पताल प्रयोगशालामा एकैपटक रगतको २० नमुना परीक्षण गर्ने पूर्ण स्वचालित जापानिज होरिवा कम्पनिको अत्याधुनिक हेमास्टेसिस एनलाईजर जडान गरिएको छ ।
प्रयोगशालामा पहिलो पटक जडान गरिएको सो एनालाइजर मेसिनबाट १५ देखि २० मिनेटभित्र नतिजा प्राप्त हुने भएकाले यो सेवा प्रदायक संस्था र बिरामीमैत्री मानिएको छ । यो मेसिन रगत जम्ने वा नजम्ने (सर्कुलेसन डिसअर्डर), मुटु, कलेजो रोगीहरुको विशेष प्रकारको परीक्षणका लागि उपयोगी मानिएको छ ।

यसअघि मेनुअल्ली गरिने भएकाले परीक्षणमा समय लाग्ने गरेको थियो । यो मेसिनले छोटो समयभित्र रिपोर्ट दिन सकिने अस्पताल प्रयोगशाला निर्देशक संजय राय यादव बताउनुहुन्छ । यसअघि मुटु र कलेजो रोगीको विशेष नमूना परीक्षणका लागि भारत पठाउनुपर्ने अवस्था थियो । डा.यादव भन्नुहुन्छ-अब सबै खाले परीक्षण सम्भव छ ।
रक्तश्राव हुने रोगहरु, वंशाणुगत (जेनिटेक) रोगहरु भएका बिरामी, रगत दिनुपर्ने बिरामीलगायतका रगतको नमूना परीक्षणमा महत्वपूर्ण हुने भएकाले यसप्रकारका मेसिन विभिन्न अस्पालहरुमा जडान गर्न सफल भएको नेपालका लागि होरिवाको आधिकारिक बिक्रेता एक्सिस मेडिविज प्रा.लि.का बजार निर्देशक गोपाल गुप्ता बताउनुहुन्छ ।
प्रयोगशालाले अन्तर्राष्ट्रियस्तर गुणस्तर मापन प्रमाण आइएसओ १५१८९ः २०१२ प्राप्त गरिसकेको छ ।
अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाले अस्पतालमा स्वास्थ्य उपचारको क्षेत्रमा पछिल्लो समय विकास भएका अत्याधुनिक उपकरणहरु थप गरिंदै आएको बताउनुभयो । उहाँले सबै खालको रोगको उपचार र परीक्षणका लागि अब अन्यत्र जानु पर्ने अवस्थाको अन्त्य भएकोसमेत स्पष्ट पार्नुभयो ।

स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३


