
जनास्थ्य सरोकार, काठमाडौँ । बिहीबार विहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टरमाथि त्यहिका एक जना कर्मचारीले निर्मम प्रहार गरेको घटनाको छलफलका लागि नेपाल चिकित्सक संघको टोली जुम्ला पुगेको छ ।
संघका केन्द्रिय उपाध्यक्ष डा अनिलविक्रम कार्की, महासचिव डा बद्री रिजाल र कोषाध्यक्ष डा प्रकाश बुढाथोकी जुम्लास्थित प्रतिष्ठानमा पुग्नुभएको छ । घटनाबारेको जानकारी लागि संघका प्रतिनिधीहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति डा मंगल रावलसँग भेटवार्ता गरी छलफल गरेका छन् ।
अस्पतालको इमरजेन्सी विभागमा कार्यरत डा करण साहमाथि त्यहि अस्पतालकै प्रशासन तर्फका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका हुन् । कुटपिटबाट डा साहको टाउको तथा पेटमा चोट लागेको थियो ।
घटनाको सत्यतथ्य ३० तीनभित्र पत्ता लगाई दोषी उपर कार्वाहीका लागि छानविन समिती गठन गरिएको हो । गत बिहीबार विहान ९ः१२ मा प्रतिष्ठानका कर्मचारी शाहीले चिकित्सक डा। करण साहमाथि कुटपिट गरेका थिए ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
