
जनास्थ्य सरोकार, काठमाडौँ । बच्चाको डीएन परीक्षणको माग राख्दै अनशनरत २१ वर्षीय कुमारी आमा निहारिका राजपुतले आमरण अनशन तोड्नुभएको छ । आफ्नो बच्चाको ‘डीएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बस्नुभएकी निहारिका राजपुत र सरकारबीचमा तीन बुँदे सहमति भएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका–८ की २१ वर्षीय सोनालकुमारी सिंह (निहारिका राजपुत) न्यायका लागि पटकपटक संघर्ष गर्दै आइरहेकी छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीन बुँदे सहमति भएसँगै राजपुतले आमरण अनशन तोड्नुभएको हो । उहाँले कानुनमन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’ को उपस्थितिमा विगत १७ दिनदेखि बसेको अनशन तोड्नुभएको हो ।
सहमतिमा राजपुतको मागअनुसार उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दामा डीएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने सहमति भएको छ । यस्तै, डीएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने सहमति भएको हो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
