जनस्वास्थ्य सरोकार, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगर पालिका–११, थुन्हियामा आफूलाई स्वास्थ्यकर्मी बताउने विकास बाला एक दशकदेखि मेडिकल सञ्चालन गर्दै आउनुुभएको छ । भारतको पश्चिम बङ्गालका बाला औषधि पसल खोल्न नेपाल आउनुुभएको हो ।

कक्षा १० अध्ययन गर्नुभएका उहाँ स्वास्थ्यकर्मी बनेर उपचार गर्दै आउनुभएको छ ।
बङ्गाली डाक्टर (भारतको पश्चिम बङ्गालबाट औषधि पसल खोल्न आएका नक्कली स्वास्थ्यकर्मी) बालालाई जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा अनुसन्धानका लागि राखेको छ ।
बालाजस्ता नक्कली स्वास्थ्यकर्मीको कपिलवस्तुको मधेशी समुदायको बाहुल्यता रहेका बस्तीमा बिगबिगी नै रहेको छ ।
बालाले सञ्चालन गरेको क्लिनिकको दुई घरको छेउमा सन्तोषकुमार श्रीवात्सवको मेडिकल छ । उहाँ पनि भारतीय कोटिया बस्तीका नागरिक हुनुहुन्छ । जीव विज्ञान विषयमा प्रमाणपत्र तह (आईएस्सी) मात्र पास गर्नुभएको छ । तर, उहाँले निर्धक्कसँग बिरामी जाँच्नुहुन्छ । उहाँ अनुगमन टोली आएको थाहा पाएपछि मेडिकल बन्द गरी भाग्नुभएको थियो ।
नक्कली स्वास्थ्यकर्मीले उपचार गर्दा एक बालकको मृत्यु भएपछि प्रशासनको टोली मेडिकल अनुमगनका निस्किएको हो । गत शनिबार शुद्धोधन गाउँपालिका–५ का १४ वर्षीय दुर्गेश राजभरको उपचारको क्रममा निधन भएको थियो ।
राजभरको कान दुखेपछि उपचारको लागि शाहनी मेडिकलमा उपचारका लागि पुगेका थिए । उनको उपचार गर्ने क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । प्रहरीले सो घटनामा मेडिकल सञ्चालक अमरेस मल्लाहलाई प्रकाउ गरी अनुसन्धान सुरु गरेको छ ।
राजभरको उपचार गर्ने स्वास्थ्यकर्मी नक्कली रहेको स्थानीयको दाबी रहेको छ । किशोरको मृत्युपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालय कपिलवस्तुले मेडिकलहरूको अनुगमन गरेको हो ।
जिल्लाको हुलाकी रजमार्ग आसपासमा दर्जनको सङ्ख्यामा नक्कली स्वस्थ्यकर्मीको बिगबिगी र हे को मानव अधिकारकर्मी रवीन्द्रनाथ ठाकुर बताउनुहुन्छ । तर, पालिका, प्रशासन र स्वास् थ्य कार्यालयको त्यसमा ध्यान गएको देखिदैन भन्दै गोरखापत्रमा कपिलवस्तुबाट ज्ञानु पाण्डेले लेखेको समाचारमा उल्लेख छ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
