
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कान्तिपुर डेन्टल कलेजका प्रिन्सिपल प्रा.डा. रबिन्द्रमान श्रेष्ठ ‘साइनोडेन्ट इन्टरनेशनल अवार्ड २०२२’ बाट सम्मानित हुनुभएको छ ।
विश्व दन्त सम्मेलनको अवसरमा गत विहीबार साइनोडेन्ट ग्लोबल हेल्थकेयरले प्रा.डा. श्रेष्ठलाई सो अवार्ड प्रदान गरेको हो ।
भारतको लखनउको अटलविहारी बाजपेयी साइन्टिफिक कन्भेन्सन सेन्टरमा आयोजित विशेष समारोहमा साइनोडेन्टका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.अनमोल बगरियाले प्रा.डा. श्रेष्ठलाई उक्त अवार्ड प्रदान गर्नुभएको हो ।
दन्त चिकित्सा क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा प्राडा श्रेष्ठलाई ‘बेष्ट ओभरसिज डेन्टिस्ट अफ द इयर’ विधाबाट सो अवार्ड प्रदान गरिएको हो।
यसैबीच डा श्रेष्ठले लखनउको किंग जर्ज मेडिकल युनिभर्सिटीमा साइनोडेन्ट र इन्डियन सोसाइटी अफ डेन्टीस्ट्रीले आयोजना गरेको चौथो विश्व दन्त विज्ञान तथा मुख स्वास्थ्य सम्मेलनमा प्रमुख वक्ताका रुपमा वैज्ञानिक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
