
जनस्वास्थ्य सरोकार, काठमाडौँ । गत जेठ महिनादेखि फाट्टफुट्ट रूपमा देखिन थालेको डेङ्गुले पछिल्ला दिनमा प्रकोपको रूप लिन थालेको छ।
विगतका वर्षमा उपत्यकाबाहिर बढी गर्मी हुने जिल्लामा महामारीको रूप लिने गरेको डेङ्गुले यो पटक भने उपत्यकामै महामारीको रूप लिन सुरु गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत तीन महिनादेखि हालसम्म देशभर एक हजार ९२३ जना व्यक्तिमा डेङ्गु पुष्टि भइसकेको छ। उक्त सङ्ख्यामा सबैभन्दा बढी केस उपत्यकामा रहेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कीटजन्य रोग नियन्त्रण शाखाका डा। शशी कँडेलले दिनुभएको जानकारी अनुसार उपत्यकाको ललितपुरमा मात्रै ५२९ जना डेङ्गुका बिरामी रहेका छन्।
यो देशभरिकै सबैभन्दा बढी डेङ्गु पुष्टि हुने जिल्लामा गनिएको छ। काठमाडौँमा हालसम्म २१९ जनामा डेङ्गु पुष्टि भएको छ। सबैभन्दा बढी डेङ्गु फैलिएको १० जिल्लामा रुपन्देही ३०७, तेह्रथुम ६०, सिन्धुली ५७, धादिङ ७०, सङ्खुवासभा ४६, अर्घाखाँची ४२, पाल्पा ३८ र गुल्मी ३६ जना रहेका छन्।
त्योबाहेक भक्तपुरमा पनि ३५ जनामा डेङ्गु फैलिसकेको छ। डा। कँडेलका अनुसार हालसम्म ६७ जिल्लाबाट डेङ्गुको केस रिपोर्ट भएको छ। उनले भने, “डेङ्गु भएका ९० प्रतिशतलाई लक्षण नहुन पनि सक्छ।”
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

