
जनस्वास्थ्य सरोकार काठमाडौँ । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पताल बिहीबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ
। अस्पतालका ‘चिफ अफ द प्रेसिडेन्ट क्लिनिकल सर्भिसेज’ डा चक्रराज पाण्डेले अस्पताल परिसरमा झण्डोत्तोलन र अध्यक्ष नवराज पाण्डेले मुख्यद्धारमा रिबन काटेर सेवा औपचारिक रुपमा आरम्भ भएको घोषणा गर्नुभयो ।
नोबेल फाउन्डेसनबाट संचालित अस्पतालले सिनामंगलमा रहेको नोबेल हस्पिटललाई परिमार्जित गरी नयाँ नाम र दक्ष टिमसहित फ्रन्टलाइन अस्पताल संचालनमा ल्याएको हो।
करिब ५०० करोड लगानीमा बनेको अस्पतालमा उच्च स्तरीय पूर्वाधार र दक्ष चिकित्सकमार्फत विश्वस्तरीय चिकित्सा सेवा उपलब्ध गराउने अस्पतालको उदेश्य भएको प्रमुख कार्यकारी अधिकृत सुरेश कुमार मनोहरनले जानकारी दिनुभयो ।
‘चिफ अफ द प्रेसिडेन्ट क्लिनिकल सर्भिसेज’का डा पाण्डेले उपचारको क्षेत्रमा विशिष्टीकृत सेवा दिने हेतुले खोलिएको अस्पतालमा २८ वटा विभाग रहेको बताउनुभयो
नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले मेडिकल टुरिजमलाई सहयोग पुग्ने गरी फ्रन्टलाइनको सेवा सुरु भएको बताउनुभयो ।
उहाँले विपन्न नागरिकका लागि सरकारको नियम अनुसार १० प्रतिशत बेड छुट्याउनु पर्ने भन्दै त्यसको पालना फ्रन्टलाइनले पनि गर्ने दावी गर्नुभयो ।
डा कार्की अहिले फ्रन्टलाइनको क्लिनिकल विभागको नेतृत्व सम्हाल्नुभएको छ ।
आहारपूरकलाई औषधिको दायरामा राख्ने प्रस्तावप्रति व्यवसायीको आपत्ति
मंगलबार, साउन १२, २०८३
‘लेट्स ब्रेक इट’ अभियानः २०३० सम्म हेपाटाइटिस सी उन्मूलनको लक्ष्यमा नेपाल-डा. सर्वेश शर्मा
मंगलबार, साउन १२, २०८३


