
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सनराइज बैंकले धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिरामी बोक्ने ट्रली र ह्वील चियर हस्तान्तरण गरेको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धरानको वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामी बोक्ने ट्रली र ह्वील चियर हस्तान्तरण गरेको हो ।
बुधबार प्रतिष्ठान परिसरमा आयोजित कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले ट्रली र ह्वील चियर प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गर्नुभयो ।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत देशका सातै प्रदेशमा स्वास्थ्य, शिक्षा, वातावरण र वित्तीय साक्षरतामा विशेष प्राथमिकता दिएर काम गरिरहेको राणाले जानकारी दिनुभयो । उक्त कार्यक्रममा प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीले अस्पताललाई आवश्यक सामग्री सहयोग गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
बैंकले हरेक बर्ष आफ्नो नाफाको १५ संथागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएको छ र गत वर्ष नारी स्वास्थ्य र क्यान्सर सम्बन्धी सचेतना लगायत विभिन्न १५० भन्दा बढी कार्यक्रमहरु जनाएको छ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
