
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं महानगरपालिकाले बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्समा रहेको फार्मेसीमा डोजर चलाएको छ।
महानगरले नक्सा विपरीत बेसमेन्टमा निर्माण गरिएको अल्फाबिटा कप्लेक्समा रहेको अल्फा केयर फार्मेसीमा डोजर चलाएको हो ।
बिहीबार बिहान सुरुमा मेयर बालेन्द्र शाह (बालेन) सहित पुगेको महानगरको टोलीले अल्फाबिटा कम्लेक्सका सञ्चालकलाई नक्सा विपरीत बेसमेन्टमा निर्माण गरिएका संरचना हटाउन भनेको थियो।
सञ्चालकले नक्साको विषयमा विवाद गरेपछि मेयर साह महानगरपालिकाबाट स्वीकृत कम्प्लेक्सको नक्सासहित डोजर लिएर त्यहाँ पुग्नुभएको थियो ।
३५ दिने सूचना जारी गर्दा समेत अवैध संरचना नहटेपछि मेयर साहले स्थलगत रुपमा अनुगमन गरी नहटाएका संरचना हटाउने अभियान थाल्नुभएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

