जनस्वास्थ्य सरोकार, ढाका । बङ्गलादेशमा पछिल्लो दशकमा क्षयरोगबाट हुने मृत्युदर निरन्तर घट्दै गएको छ ।
हालैका वर्षमा वार्षिक रूपमा मृत्यु हुनेको सङ्ख्या ४० हजारमा झरेको छ । यो सङ्ख्या १० वर्षअघिको तुलनामा आधा भएको स्वास्थ्यमन्त्री जाहिद मालेकले बताउनुभएको छ ।

“दस वर्ष पहिले क्षयरोगबाट प्रत्येक वर्ष ८० हजार जनाको मृत्यु हुने गर्दथ्यो । यो अहिले ४० हजारमा झरेको छ,” जाहिद मलेकले बुधबार एक कार्यशालामा उल्लेख गर्नुभएको छ । उहाँका अनुसार क्षयरोगका ९७ प्रतिशत बिरामी नियमित औषधि सेवनले निको भइरहेका छन् । क्षयरोग विरुद्धको सरकारको सामुदायिक अधिकार तथा लैङ्गिक कार्य योजना २०२१–२३ सम्बन्धी कार्यशालामा मन्त्रीले स्वास्थ्य विकासको यो युगमा क्षयरोगबाट ४० हजार मानिसको मृत्यु हुनु राम्रो सङ्केत नभएको बताउनुभएको छ ।
“यसको मतलब क्षयरोगबाट दैनिक सय जनाभन्दा बढी मानिसको मृत्यु भइरहेको छ भने हामी कोभिड–१९ बाट एक वा दुई जनाको मृत्युको बारेमा चिन्तित छौँ, यो पुनर्विचार गर्नुपर्छ’, उहाँले भन्नुभएको छ, । यो अवस्था धेरै चिन्ताजनक छ ।’ रासस/सिन्ह्वा
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
