जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल नर्सिङ काउन्सिलमा विशेषज्ञ नर्सको लाइसेन्स दिने निर्णय रजिष्ट्रेसन समितिले नै गर्ने भएको छ । नेपाल नर्सिङ परिषद्ले विशेषज्ञ नर्सिङको रुपमा नाम दर्ता गर्न परीक्षा दिन नपर्ने जनाइएको छ ।

तोकिएको योग्यता पुरा गरेका नर्सहरुले आगामी असोज एक गतेदेखि विशेषज्ञ नर्सिङ रुपमा नाम दर्ता गरी पाउँ भनेर अनलाइन फारम भरेमा रजिष्ट्रेसन समितिले त्यसबारेमा छलफल गरी उपयुक्त ठहरिएमा नाम दर्ता गर्ने काउन्सिलले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
चिकित्सा तथा पव्लिक हेल्थ तर्फ विशेषज्ञता हासिल गर्न योग्यता पुगेका विज्ञहरुले लिखित परीक्षा उत्तीर्ण गरेपछि विशेषज्ञको रुपमा लाइसेन्स प्राप्त गर्छन्।
परिषद्को गत १ भदौमा बसेको बैठकले नेपाल नर्सिङ परिषद नियमावली २०६५ को नियम ३ (३) बमोजिम योग्यता हासिल गरेका व्यक्तिहरुले विशेषज्ञ लाइसेन्सका लागि अनलाइन फारम भर्न सक्ने निर्णय गरेको थियो ।
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३

